filephoto
काठमाडौं । थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ । शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएका छन् । आज थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म २० हजार ५५५ उपचारपछि निको भएका छन् भने हालसम्म २०७ जनाको मृत्यु भएको छ।
उपत्यकामा १८६ संक्रमित थपिए
शनिबार उपत्यकामा १८६ संक्रमित थपिएका छन् । काठमाडौंमा १५५ , ललितपुरमा १९ र भक्तपुरमा १२ क्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९७ पुगेको छ । त्यसैगरि, काठमाडौंमा ३ हजार ९ सय ६०, ललितपुरका ६०६ र भक्तपुरमा ४३१ संक्रमित पुगेका छन्।
भिडियाे हेर्न यहाँ थिच्नुहाेस्…
https://www.facebook.com/Kailashkhabarnews/videos/746991449413341/
मृतकको संख्या २०७ पुग्यो
नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ७ पुगेको छ । आठ वटा जिल्लाका ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको हो ।पाल्पामा ३० वर्षीया महिला, काठमाडौंमा ५१ वर्षीया महिला र ८३ वर्षीय पुरुष, भक्तपुरमा ६२ वर्षीया महिला र ८२ वर्षीय एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पाल्पामा ४८ र ३९ वर्षीय पुरुष, सिरहामा ८४, गोरखामा ३८, कास्कीमा ५८, ललितपुरमा ७२ र ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । यसअघि शुक्रबार पनि १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
कुन जिल्लामा कति संक्रमित ?
प्रदेश १
इलाममा १, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, संखुवासभामा ३ र सुनसरीमा २४ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २
धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३ र सिरहाका २२ जनामा कोरोना पुष्टि भएको छ ।
बागमती प्रदेश
काठमाडौंका १ सय ५५, काभ्रेका १९, चितवनका ५७, दोलखाका १, धादिङका ९, भक्तपुरका १२, ललितपुरका १९, मकवानपुरका ९ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पाइएको छ ।
गण्डकी प्रदेशमा
कास्कीका ३, नवलपरासी पूर्वका २३ र लमजुङका २९ जनामा कोरोना भेटिएको छ।
प्रदेश ५
कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा १९, नलवपरासीमा १०, बाँकेमा २० र रुपन्देहीमा १६ जनामा कोरोना भटिएको छ ।
कर्णाली प्रदेश
जाजरकोट, जुम्ला, दैलेख र रुकुम पश्चिममा १/१ र सुर्खेतमा १०, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १७, कैलालीमा १९, दार्चुलामा ३, बझाङमा २६ र बतैडीमा २१ जनामा कोराना भेटिएको छ । कुल संक्रमितमध्ये १६ हजार ५ सय ७८ जना सक्रिय संक्रमित छन् । कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ३९ हजार ५ सय २२ पुगेको छ । देशभर हाल ८ हजार ३५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
