भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

गैरेगाँउका पहिराे पिडितलाई नेकपाले दियो राहत

गैरेगाँउका पहिराे पिडितलाई नेकपाले दियो राहत

दैलेख । ठाँटीकाँध गाउँपालिका ४ गैरेगाँउका बाढीपिडित स्थानीयलाई नेपाल कम्युनिस्ट पार्टी दैलेखले खाध्यान्न वितरण् गरेको छ । भदौ २ गते अबिरल बर्षाले पहिरो गएर घरबार बिहिन भएका सात घरपरिवारलाई राहत वितरण गरेको हो ।

सरकार भ्रष्टाचार, कमिशन, दलाली र जनविरोधि काममा सक्रिय भएका बेला जनताको सुखदुखमा आफ्नो पार्टीले सहयोग गरिरहेको नेकपा दैलेखले जनाएको छ । पहिरोले गैरेगाँउका ७ घर वगाएको थियो भने २ बालकको ज्यान गएको थियो ।

पहिराे पीडित टिकाराम कठायत, दानबहादुर कठायत, कर्ण बहादुर कठायत, बल बहादुर नेपाली, लिला नेपाली र रण वहादुर शाहीलगायतले राहत पाउँदा खुसी व्यक्त गरे । चामल, दाल, नुन, तेललगायत विप्लव नेकपाले राहत बितरण गरेको नेकपा जिल्ला ईन्चार्ज दिपेन्द्रले बताए ‌।

 


Thali Mobile Pvt.Ltd.