भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दक्षिण कोरिया आगलागीमा ६० घर जलेर नष्ट

दक्षिण कोरिया आगलागीमा ६० घर जलेर नष्ट

दक्षिण कोरिया । दक्षिण कोरियाको एउटा गरीब बस्तीमा भीषण आगलागी हुँदा ६० घर जलेर नष्ट भएका छन् । आगलागी भएपछि ५ सय भन्दा बढी मानिसहरूलाई अन्यत्र सारिएको छ । मानवीय क्षति भए नभएको बारेमा भने निक्र्यौल भइसकेको छैन । एका बिहानै लागेको आगो निभाउन ८ सय बढी अग्नि नियन्त्रक, प्रहरी र स्थानीयहरु परिचालन गरिएको छ ।

घना बस्ती रहेको गल्लीमा आगो निभाउन निकै मुस्किल भएको अधिकारीहरुले बताएका छन् । प्लास्टिक र प्लाइउडबाट बनेको झुपडीबाट आगो सल्किएको हो । बस्तीबाट सारिएकाहरुलाई स्थानीय विद्यालय, होटल र जीम सेन्टरहरुमा राखिएको छ । राजधानी सउलको गाङनाम जिल्लाको एउटा साँघुरो गल्लीमा आगलागी भएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.