दश दिन बितिसक्दा पनि पाँच नेपालीको शव पहिचान भएन

दश दिन बितिसक्दा पनि पाँच नेपालीको शव पहिचान भएन

काठमाडौं । हमास युद्धको दश दिन बित्दा पनि पाँच नेपालीको शव पहिचान हुन सकेको छैन । दक्षिण इजरायलको किबुज अलुमिममा गत असोज २० मा प्यालेस्टिनी हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये ५ जनाको शव अझै पहिचान हुन नसकेको हो ।

शव पहिचान हुन नसक्दा नेपाल ल्याउन ढिलाइ भएको छ । बाँकी पाँच शवको भने घटनाको भोलिपल्र्टै पहिचान खुलेको थियो । पहिचान हुनेमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी र लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट छन् ।

आक्रमणमा मारिएका सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र शारदा–३ सल्यानका प्रवेश भण्डारीको शव भने पहिचान हुन बाँकी छ । बेपत्ता कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।

किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूह हमासले आफूसँगै लगेको थियो । यसैगरी घाइते भएका ४ नेपालीमध्ये २ जना उपचाररत छन् । सरकारले असोज २६ मा विमान पठाएर इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको उद्धार ग¥यो । इजरायलबाट थप १८ नेपाली नेपाल फर्केका छन् । उनीहरुको भाडा नेपाली दूतावासले बेहोरेको छ।

 


Thali Mobile Pvt.Ltd.