भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

दाङ, । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साँझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रसका सभापति शङ्कर डाँगीेले जानकारी दिए । पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलिए चुनावी प्रतिवेदन तयार पारी पठाएको छ । प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थरुपमा वस्तु स्थितिबारेमा चित्रण गरी प्रतिवेदन पठाएको पनि नेपाली कांग्रेसका सभापति डाँगीले जानकारी दिए।

सो बैठकमा नेकपा माओवादी केन्द्र का. अध्यक्ष सुवास पुन, नेकपा एकीकृत समाजवादी का. अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको उपस्थिति रहेको थियो । यता नेकपा एमालेले भने जिल्लाका सबै वडामा एकलरुपमा चुनावी मैदानमा उत्रने जनाएको छ । एमालेले आजदेखि वडास्तरका उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.