भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै

दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै

देउखुरी । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ । “एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।” कार्यालायका कोरोना फोकल पर्सन कमल चन्दले भन्नुभयो, “स्थानीय तहका १०० बढी स्वास्थ्यचौकी एवं स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।”

अहिलेसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ । त्यसैगरी जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ । जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपाङ्गता भएका नागरिकलाई खोप लगाइने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.