भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

दाना उद्योग र अन्न भण्डारण भवन बन्ने

दाना उद्योग र अन्न भण्डारण भवन बन्ने

सर्लाही । वाग्मती नगरपालिका– ८ शङ्करपुरमा दाना उद्योग निर्माण गरिने भएको छ । शङ्करपुरमा करीब रु एक करोडको लागतमा दाना उद्योगको निर्माण गरिने भएको हो । स्थानीय किसानको व्यावसायिक पशुपालनमा लागत कम गर्न उद्योग सञ्चालन गर्न लागिएको नगर प्रमुख भरतकुमार थापाले बताउनुभयो । उद्योग स्थापनाको पहिलो चरणमा सङ्घीय सरकारबाट नगरपालिकामार्फत रु ५० लाख र साना किसान कृषि सहकारी संस्था लिमिटेड शङ्करपुरबाट रु ५० लाख गरी जम्मा रु एक करोडको लागत साझेदारीमा आगामी असार १५ गतेभित्र कम्पाउण्ड वाल र फुटपाथ निर्माण गरिने संस्थाका प्रबन्धक माधव काफ्लेले जानकारी दिनुभयो ।

दाना उद्योग निर्माणका लागि कूल लागत रु पाँच करोड ९३ लाख ९७ हजार ११० लाग्ने अनुमान गरिएको प्रबन्धक काफ्लेले बताउनुभयो । सोका लागि सङ्घीय सरकारबाट ५० प्रतिशत अनुदान, नगरपालिकाको कृषि कार्यक्रमबाट २५ प्रतिशत र बाँकी २५ प्रतिशत रकम समुदायबाट शेयर आह्वान गरी उद्योग निर्माण गरिने प्रबन्धक काफ्लेले बताउनुभयो । निर्माण हुन लागेको उक्त उद्योगमा प्रतिघण्टा पाँच टन तयारी दाना उत्पादन हुने संस्थाले जनाएको छ । कृषि जोनका रुपमा रहेको वाग्मती नगर क्षेत्रमा मकै, गहँु, आलुलगायतका अन्नबाली अत्यधिकमात्रामा उत्पादन हुने गरेको छ ।

उत्पादन भएको अन्नबाली किसानले थोरै मूल्यमा खेतैबाट बेच्नुपर्ने बाध्यता खेप्दै आएका थिए । उद्योग सञ्चालनपछि यस क्षेत्रका किसानले उत्पादन गरेका मकै, धान गहुँलगायतका बालीले मूल्य पाउने र पशुपालन गर्ने किसानले दाना खरीदमा मूल्य कम हुने अपेक्षा गरेका छन् । त्यसैगरी वडा नं ५ मा करीब रु एक करोड ५० लाखको लागतमा अन्न भण्डार पनि भवन निर्माण गरिने भएको छ । स्थानीय किसानले उत्पादन गरेको कृषिउपज भण्डारण गर्ने गरी भवन तयार गर्न लागिएको नगर प्रमुख थापाले बताउनुभयो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.