भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

दार्चुला सदरमुकाममा खानेपानी पाइप लाइनको काम धमाधम

दार्चुला सदरमुकाममा खानेपानी पाइप लाइनको काम धमाधम

दार्चुला, । सदरमुकाम खलङ्गाका चौबिसै घण्टा खानेपानीको सुविधा पु¥याउने गरी अहिले पाइप लाइन खोदानको काम धमाधम भइरहेको छ । महाकाली नगरपालिका–४ र ५ का प्रत्येक घरधुरीमा २४ सै घण्टा खानेपानीको पहुँच पुयाउन नयाँ लाइनको काम भइरहेको हो । एसियाली विकास बंैकको अनुदान र नगर विकास कोषको ऋण लगानीमा खलङ्गा खानेपानी तथा सरसफाइ आयोजनाको निर्माणको काम अहिले भइरहेको छ । एक वर्षभित्रै सदरमुकाम खलङ्गा बासिन्दालाई स्वच्छ खानेपानी पहुँच पुयाउने उद्देश्यले पाइप लाइन विस्तारको काम तीव्र गतिमा भइरहेको आयोजना निर्माणमा प्राविधिक सहयोग गरिरहेको इ–टेक नेपालका कन्सट्रक्सन सुपरिभिजन इञ्जिनीयर कुबेरबहादुर सिंहले जानकारी दिए ।

कूल रु २९ करोड लागतमा सम्पन्न हुने आयोजना निर्माणका लागि एसियाली विकास बैंकले कूल लागतको ७० प्रतिशत, स्थानीय जनश्रमदान पाँच प्रतिशत र २५ प्रतिशत नगर विकास कोषको ऋण लगानी रहेको छ । आयोजनाअन्तर्गत गल्फै, बीच बजार र बङ्गाबगड क्षेत्रमा पाइपलाइन खोदानको काम भइरहेको छ । धौलीगाड मुहान रहेको गल्फै क्षेत्रमा अहिले मुहान इन्टेक, कलेक्सन च्याम्बर, पानी सङ्कलन ट्याङ्की र पालेघर भवन निर्माणाधीन अवस्थामा रहेको इञ्जिनीयर सिंहले बताए। यस्तै गाराकु मुहान रहेको खलङ्गा बीच बजार क्षेत्रमा इन्टेक, कलेक्सन च्याम्बर र पानी थिग्र्याउने ट्याङ्की निर्माणाधीन अवस्थामा रहेको छ । यस्तै बङ्गाबगड क्षेत्रमा धारा जडान र ट्याङ्की मर्मतको कार्य छिट्टै सञ्चालन गर्ने योजना छ ।

खानेपानीका संरचनासँगै महाकाली–५ भौराबगडमा सार्वजनिक शौचालय र आयोजना समितिको कार्यालयसमेत निर्माणाधीन अवस्थामा छ । वडा नं ४ र ५ मा गरी दुई हजार २८६ खानेपानीका धारा निर्माण हुनेछन् । यो आयोजना निर्माणका लागि आसिस–क्याब र ग्वाल्लेक निर्माण सेवा जेभीले ठेक्का पाएको छ । अबको एक वर्षभित्र नगरपालिकाका हरेक घरमा खानेपानी पुग्ने आयोजनाले जनाएको छ । अहिले खलङ्गाका सबै क्षेत्रमा नियमित पानी आपूर्ति नहुँदा उपभोक्ताले समस्या झेल्दै आएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.