भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

दाहालको निधनप्रति प्रधानमन्त्री देउवाले गरे दुःख व्यक्त

दाहालको निधनप्रति प्रधानमन्त्री देउवाले गरे दुःख व्यक्त

काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओखलढुङ्गाका महासमिति सदस्य मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । २०७७ फागुन ७ गते बिहान काठमाडौं ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट दाहालको निधन भएको हो ।

स्व दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै देउवाले शोक विज्ञप्तिमार्फत आत्माको चिरशान्तिको कामना गरेका छन् । विसं २०४२ को सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवनसमेत व्यतीत गरेको स्मरण गरेको छ ।

राजनीतिक क्षेत्रका साथै लामो समयदेखि दर्जनौँ सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध सङ्घसंस्थामा संलग्न रहँदै आएका दाहालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । दाहालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।

 


Thali Mobile Pvt.Ltd.