उडिसा । उडिसाको रेल सेवा ५१ घण्टा पछि सुचारु भएको छ । रेल दुर्घटना पछि अवरुद्ध बालासोर जिल्लाको बहंगा बजारमा शुक्रबार भयानक रेल दुर्घटना हुँदा पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध भएको थियो ।
मुख्य ट्रंक लाइनबाट क्षतिग्रस्त रेलका कोचहरू हटाइएर दुई वटा ट्र्याकहरू मर्मत गरिएसँगै एक लाइनको रेल सेवा सञ्चालनमा आएको हो । दुर्घटना लगत्तै घटनास्थलमा पुगेका रेल मन्त्री अश्विनी वैष्णव आफैँ उपस्थित भएर रेल्वे सेवा सुचारु गराएका थिए ।
रेल मन्त्री वैष्णवले दुर्घटनाको कारण पत्ता लगाइएको र यसको लागि जिम्मेवार व्यक्ति पहिचान गरिएको जनाएका छन् । गत शुक्रबार राति तीनवटा रेल एक आपसमा ठोक्किँदा तीन सय बढीको मृत्यु भइसेको छ एक हजारको हाराहारीमा घाइते भएका छन् ।
