काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सरेको छ । आन्तरिक छलफलका लागि भन्दै सरकारले थप समय मागेपछि वार्ताको समय सरेको हो । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए ।
बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भनेपनि आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ता समय सारिएको हो । बिहान ९ बजे नै आन्दोलनरत शिक्षकका प्रतिनिधिहरु छलफलका लागि सिंहदरबार पुगेका थिए ।
दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनेसँगै वार्ता समय सरेको नेपाल शिक्षक महासंघले जनाएको छ । वार्ताका लागि दुवै पक्ष आन्तरिक तयारीमा जुटेका छन् । वार्ता निष्कर्षमा पुग्ने टुंगो नभएकाले आन्दोलन जारी रहने जनाइएको छ ।
