काठमाडौं । पाँच दलीय गठबन्ध देखेर चुनावी तालमेल गर्न एमाले अध्यक्ष केपी ओली संवादमा लागेका छन् । कमल थापासँग छलफल गरेका ओलीले तालमेलका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि वार्ता जारी राखेका छन् ।
राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले गठबन्धनका लागि एमालेसँग निरन्तर संवाद भइरहेको बताए । स्थानीय निर्वाचनमा एक्लै लड्ने केन्द्रीय नीति भए पनि एमाले केन्द्रीय कमिटी बैठकले जिल्लामा भने तालमेल गर्न सकिने स्पष्ट गरिरेको छ ।
राप्रपाबाहेकका दलहरूसँग पनि वार्ता हुन सक्ने एमालेले जनाए को छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले एमालेसँगको वार्तामा ‘आइसब्रेक’ भएको र चाँडै निष्कर्षमा पुग्ने बताए ।
