गण्डकी । सक्षम र योग्य उम्मेदवारलाई टिकट दिनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।
गण्डकी प्रदेश कांग्रेसले गरेको कार्यकर्ता भेटघाटमा नेता कोइरालाले योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्ने बताएका हुन् ।
चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएको भन्दै औचित्य र आवश्यकताका आधारमा निर्णय लिन कार्यकर्तालाई आग्रह गरे ।
२०७४ सालको चुनावमा माओवादीसँग गठबन्धन हुँदा काँग्रेस हारेको तर माओवादीलाई जिताएको भन्दै विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने उनको भनाइछ ।
