भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

उच्च हिमाली जिल्लाका उडान ठप्प

उच्च हिमाली जिल्लाका उडान ठप्प

काठमाडौं । कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान ठप्प भएको छ । निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएकाले कर्णालीका हिमाली जिल्लामा उडान ठप्प भएको हो ।

हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एयरलाइन्स पर्यटक बोक्न पूर्वतिर गएपछि यात्रु अलपत्र परेका छन् ।

सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्ला बाहिर जान थप समस्या भएको छ । निजी एयरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भएपनि उक्त नियमलाई उल्लंघन गरी

ब्यापारिक फाइदामा लागेका हुन । नेपालगञ्जबाट हुम्लाका लागि हवाई उडान नहुँदा करिब ४० देखि ६० नागरिक होटलमा बस्न बाध्य छन् ।

 


Thali Mobile Pvt.Ltd.