भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देउवा र ओलीले गरे प्रधानमन्त्रीको दाबी प्रस्तुत, आधार अध्ययन गर्दै राष्ट्रपति

देउवा र ओलीले गरे प्रधानमन्त्रीको दाबी प्रस्तुत, आधार अध्ययन गर्दै राष्ट्रपति

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् ।

प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समयभित्र ओली र देउवाले बहुमत रहेको भन्दै दाबी पेश गरेका हुन् ।साँझ ५ बजेभित्र दाबी पेश गरिसकेका ओली र देउवाले बहुमत दाबी गरेर शीतल निवासबाट बाहिरिएका थिए ।

ओलीले एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् भने देउवाले कांग्रेस, माओवादी, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.