भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

देशभर कोरोना खोप संचालन, खोप लगाएपछि सुरक्षित रहेको भक्तपुर अस्पतालकी मेसु डा. गौतमको भनाइ (भिडियाेसहित)

देशभर कोरोना खोप संचालन, खोप लगाएपछि सुरक्षित रहेको भक्तपुर अस्पतालकी मेसु डा. गौतमको भनाइ (भिडियाेसहित)

भक्तपुर । आज देखि देशभर कोरोना विरुद्धको खोप अभियान संचालन भएको छ । कोभिसिल्ड खोप संचालन भएसंगै पहिलो चरणमा देशभरका स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

यता बागमती प्रदेशका १३ वटै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु भएसंगै स्वास्थ्यकर्मीले उत्साहका साथ खोपमा सहभागि भएका छन् । खोप केन्द्रमा बाक्लो भिडलागेको छ । यता भक्तपुर खोप केन्द्रमा पनि स्वास्थ्यकर्मीको भिड निकै देख्न सकिन्छ छ । खोप लगाउन डराउने भन्दा पनि खोप लगाउन आतुर छन् स्वास्थ्यकर्मीहरु ।

sumitra फ्रन्टलाइनमा खोप लगाइसकेपछि छिटै जनस्तरमा पनि कोरोनाविरुद्धको खोप लगाएर कोरोना मुक्तको लडाइँ जिताउन सवै लाग्नु पर्ने उनीहरुको भनाईछ । विश्वका धेरै मुलुकमा भन्दा पहिले नेपालमा भ्याक्सिन ल्याएर लगाएकोमा स्वास्थ्यकर्मी अति खुसी भएका छन् । बागमती प्रदेशका १३ जिल्लाका ३५ खोप केन्द्रमध्य भक्तपुर अस्पताल केन्द्रमा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि अस्पतालकी मेसु डा. सुमित्रा गौतमले आफ्नो अनुभव साँट्दै कोही डराउन नपर्ने बताइन् ।

कोभिसिल्ड खोप लगाएको ३ घण्टा वितिसक्दा पनि कुनै साइडइफेक्ट नदेखिएको उनको भनाइ छ । खोप कार्डसहित समूह विभाजन गरी खोपकेन्द्र व्यवस्थित गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शव बाहनका चालक, सहचालक, फोहोर संकलक, उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकलाई खोप दिइएको छ ।

भिडियाे हेर्न क्लिक गर्नुहाेस्…

खोप लगाईसकेपछि अहिलेसम्म कुनै प्रतिअसर नदेखिएको स्वास्थ्यकर्मीको भनाई छ । खोप केन्द्रमा भिड र खोप लगाउनेहरुको संख्या अधिक भएपछि केन्द्र थपघट हुनसक्ने डा. गौतमको भनाई छ । बामगती प्रदेशको चितवन, ललितपुरमा ३–३ वटा केन्द्रबाट खोप संचालन गरिएको छ । सिन्धुली, धादिङ, काभ्रे, नुवाकोट, रामेछाप, दोलखामा २–२ वटा केन्द्रबाट, मकवानपुर र रसुवा जिल्लामा एक–एक वटा केन्द्रबाट कोभिडविरुद्धको खोप लगाइएको छ ।

भक्तपुर अस्पताल खोप केन्द्रमा आइसियु सेवा नजिकै भएकाले कुनै असर देखापरेमा तुरुन्त चिकित्सकिए टोलीको पनि व्यवस्था गरिएको छ । बागमती प्रदेशमा बुधबारसम्म कोरोनाको कारण ४४ जना आईसियुमा, १३ जना भेन्टिलेटरमा र ५७ जना गम्भिर अवस्थाका विरामी उपचाररत छन् । बागमती प्रदेशमा अहिलेसम्म ९८ प्रतिशत संक्रमितहरुले सफल उपचार पाइइसकेको छन् भने प्रदेशमा ९ सय ८६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.