भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

देशैभर नेपाल इको प्यानलको माग बढ्दाे, डिलरका लागि आह्वान

देशैभर नेपाल इको प्यानलको माग बढ्दाे, डिलरका लागि आह्वान

भक्तपुर । नेपाल इको प्यानलले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म डिलरका लागि आहृवान गरेको छ । देशैभर नेपाल इको प्यानलको माग बढी हेकाले प्यानल विक्रि वितरण गर्न डिलर आवश्यकता रहेको भन्दै कम्पनीले डिलरका लागि आह्वान गरेको हो । ऐतिहासिक शहर भक्तपुरको सल्लाघारीमा कर्पोरेट कार्यालय रहेको नेपाल इको प्यानलको देशैभर माग बढ्दै गएको नेपाल इको प्यानलले जनाएको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भव भइरहेको कम्पनीले जनाएको छ ।

हलुका, भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले पछिल्लो समय यसको माग उच्च रहेको छ । देशैभर माग बढ्दो रहेकाले डिलर आवश्यकता परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर कृष्णभक्त दुवालको भनाई छ । देशका विभिन्न ठाउँमा रहेका डिलरमार्फत् अहिले पनि कम्पनीले आफ्ना सामान बिक्री वितरण गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.