काठमाडौं । दैलेखी सेवा समाजले तिज महोत्सव २०८० सम्पन्न गरेको छ । काठमाडौमा बसोबास गर्दै आएका सम्पुर्ण दैलेखबासीहरु काठमाडौंको धुम्बाराहीमा जम्मा भएर तिज होत्सव २०८० सम्पन्न गरेका हुन । कार्यक्रममा दैलेखी माटोले जन्माएका कलाकार साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री कुन्ती कुमारी शाहीले समाजमा रहेको कुसंस्कारलाई त्याग्नुपर्ने बताईन । अहिले समाजमा नराम्रा घटनाहरु घटीरहेको बताउँदै समाज कहाँबाट विग्रीरहेको छ जरो कुरा पत्ता लगाउनुपर्ने वेला भएको उनको भनाई थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरु,समाजका अग्ररज व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
तिज महोत्सवमा दैलेखमा जन्मिएर कला क्षेत्रलाई अगाडी बढाएरका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । दैलेखी सेवा समाज, काठमाडौं आयोजक र मनघरी फाउण्डेशन, नेपालले सहकार्य गरेको कार्यक्रममा कलाकारहरुलाई सम्मान समेत गरिएको थियो ।(भिडियो सहित)
