भर्खरै : Sorry, your browser does not support inline SVG.
विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता | भोटेकोशी बाढी : मृतकको सङ्ख्या १ हजार ३६९ पुग्यो, ५ हजार १३२ अझै सम्पर्कविहीन | चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार |

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

गोदावरी । धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । सडक निर्माण प्रक्रिया सुरु गरिएको झण्डै डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो । कालोपत्रका लागि खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का सम्झौता लिएको जनाइएको छ । धनगढीको पीपलचौतारादेखि स्याउलेभन्दा माथिसम्मको १३.४ किलोमिटर सडक कालोपत्र गर्नका लागि काम सुरु भएको धनगढी–दिपायल द्रुत मार्ग सडक आयोजना कार्यालयले जनाएको छ ।

धनगढी–दिपायल द्रुत मार्ग आयोजना कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार चालु आर्थिक वर्षमा धनगढीदेखि १३.४ किलोमिटर र दिपायलदेखि ९.५ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता भएको छ । स्याउलेदेखि दक्षिणतिर एक किलोमिटरसम्म दुवैतर्फ नालीसमेत निर्माण भइरहेको उहाँको भनाइ छ । ठेक्का सम्झौताअनुसार ३० महिनामा सो सडक खण्ड कालोपत्र गरिसक्ने भन्नेछ । सडकको नाली बनाउने काम सुरु गरिएको बताउँदै ठेकेदार कम्पनीका इन्जिनियर सचिन थापाले भन्नुभयो, “अब सडक निर्माणले तीव्र गति पाउनेछ । २०६४ सालमा खुटिया–दिपायल द्रुत मार्गको औपचारिक रुपमा सर्भे गरी ट्र्याक खोल्ने काम भएको थियो ।

त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भेको बताउँदै आयोजनाका सबइन्जिनियर रानाले स्याउले–धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुत मार्ग बनाउने निर्णय भएको बताए। सडकको कूल चौडाइमध्ये नौ किलोमिटरमा ग्राभेल हुनेछ भने त्यसमध्ये पनि ५.५ मिटरमा कालोपत्र गरिने जनाइएको छ । १३.४ किलोमिटर सडकमा तीनवटा कल्भर्ट निर्माण गरिनाका साथै १६ वटा ह्युमपाइप राखिने ठेकेदार कम्पनीका इन्जिनियर थापाले जानकारी दिए ।

आयोजना कार्यालयका अनुसार डोटी खण्डमा ट्र्याक खोल्ने काम सकिएको छ भने कैलाली खण्डमा पर्ने बबैनामा तीन किलोमिटरमा ट्र्याक खोल्न बाँकी रहेको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको पहिलो मन्त्रिपरिषद्को बैठकले धनगढी–दिपायल द्रुतमार्ग, सेती लोकमार्ग र महाकाली करिडोरलाई सामरिक महत्वका सडक भन्दै तीनैलाई निर्माणको प्राथमिकतामा राखेको थियो ।

 


Thali Mobile Pvt.Ltd.