भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

धनी कै कब्जामा कोरोनाविरुद्धको खोप

धनी कै कब्जामा कोरोनाविरुद्धको खोप

काठमाडौं । कोरोनाविरुद्धको खोप धनीकै कब्जामा रहेको खुलासा भएको छ । विश्वरभर १ अर्बभन्दा बढी कोरोनाविरुद्धको खोपको डोज धनी देशकै कब्जामा रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले खुलासा गरेको हो । डब्लुएचओका प्रमुख टेड्रोस अधानम ग्रेब्रेयससले धनी देशले नै खोपमा कब्जा जमाएको खुलासा गरेका हुन् । विश्वमा धनी देशसँग मात्रै कुल खोपको ८२ प्रतिशत खोप रहेको टेड्रोसले जानकारी दिए ।

उनले कोरोना महामारी नियन्त्रण्का लागि खोप नै प्रभावकारी विकल्प भएको र धेरैभन्दा धेरै मानिसहरुको पहुँचमा पुर्याउनु जरुरी रहेको बताए । विश्वमा गरिब देशहरुको पहुँचमा ०.३ प्रतिशत मात्र खोप रहेको डब्ल्यूएचओको तथ्यांक छ । राजनीतिक, आर्थिक र सामाजिक स्थिरताका कारण धनी देशहरुको कब्जामा बढी खोप रहेको टेड्रोसको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.