भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

धनुषा हत्या प्रकरणमा दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्धा

धनुषा हत्या प्रकरणमा दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्धा

धनुषा । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।

गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

सोही घटनामा अन्य तीन जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.