भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

धान, चामल र चिनी आपूर्तिका लागि भारतलाई पत्र

धान, चामल र चिनी आपूर्तिका लागि भारतलाई पत्र

काठमाडौं । नेपालले भारत सरकारलाई खाद्यान्न आपूर्तिका लागि पत्र पठाएको छ । नेपाल सरकारले एक लाख ५५ हजार टन खाद्यान्न आपूर्तितका लागि भारता सरकारलाई पत्र पठाएको हो ।
भारत सरकारबाट पत्रको जवाफ भने आएको छैन ।

भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध नेपालका लागि नभएको भने पनि नेपाली बजारमा भारतीय निर्णयको प्रभाव परिरहेको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग न्यूनतम ३ लाख क्विन्टल खाद्यान्न मौज्दात हुनु पर्नेमा अहिले ९५ हजार क्विन्टल मात्रै रहेको बुझिएको छ । कम्पनीसँग हाल गहुँको भण्डारण शून्यमा रहेको जनाएको छ ।

भारतले बासमती बाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चामलको मूल्य बढ्नुका साथै आपूर्ति प्रभावित हुन थालेपछि भारतलाई पत्राचार गरिएको हो । वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले धान, चामल र चिनी खरिदका लागि भारतीय दूतावास मार्फत पत्र पठाइएको जानकारी दिए । पत्रमा एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान आपूर्ति गरिदिन आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.