भर्खरै : Sorry, your browser does not support inline SVG.

आन्द्र महासागरमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, ३८ जनाको जिवितै उद्धार

आन्द्र महासागरमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, ३८ जनाको जिवितै उद्धार

एजेन्सी । डुंगा पल्टिंदा ६० जना मानिसको मृत्यु भएको छ । पश्चिम अफ्रिकी देश केपवर्डेको समुद्री तटमा आप्रवासीहरु बोकेको डुंगा पल्टिदा ६० जनाको मृत्यु भएको हो । दुर्घटनामा पर्नेहरु सेनेगल र सिएरालियोनका नागरिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अन्टार्टिका नजिकको समुद्री तटमा सोमबार डुंगा दुर्घटना भएको अनुमान गरिएको छ ।

स्पेनिसहरुको माछा मार्ने टोलीले दुर्घटना भएको थाहा पाएपछि उद्धार तथा खोजी सुुरु गरिएको थियो । उक्त समुद्री मार्ग हुँदै युरोप जाने क्रममा गत वर्ष मात्रै ५ सय ६० जनाको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार उक्त दुर्घटनामा १५ जना बालबालिकासहित ३८ जनालाई जिवितै उद्धार गरिएको छ । १ सय जना बोकेको डुंगा केपवर्डे नजिक आन्द्र महासागरमा पल्टिएको हो ।

 


Thali Mobile Pvt.Ltd.