आन्द्र महासागरमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, ३८ जनाको जिवितै उद्धार

आन्द्र महासागरमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, ३८ जनाको जिवितै उद्धार

एजेन्सी । डुंगा पल्टिंदा ६० जना मानिसको मृत्यु भएको छ । पश्चिम अफ्रिकी देश केपवर्डेको समुद्री तटमा आप्रवासीहरु बोकेको डुंगा पल्टिदा ६० जनाको मृत्यु भएको हो । दुर्घटनामा पर्नेहरु सेनेगल र सिएरालियोनका नागरिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अन्टार्टिका नजिकको समुद्री तटमा सोमबार डुंगा दुर्घटना भएको अनुमान गरिएको छ ।

स्पेनिसहरुको माछा मार्ने टोलीले दुर्घटना भएको थाहा पाएपछि उद्धार तथा खोजी सुुरु गरिएको थियो । उक्त समुद्री मार्ग हुँदै युरोप जाने क्रममा गत वर्ष मात्रै ५ सय ६० जनाको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार उक्त दुर्घटनामा १५ जना बालबालिकासहित ३८ जनालाई जिवितै उद्धार गरिएको छ । १ सय जना बोकेको डुंगा केपवर्डे नजिक आन्द्र महासागरमा पल्टिएको हो ।

 


Thali Mobile Pvt.Ltd.