काठमाडौं । प्रहरी अनुसन्धानलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा बाधा नपुर्याउने तीन दलका शिर्ष नेताहरुका बीचमा सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने आफूहरुका बीचमा सहमति भएको बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफलपछि बताएका हुन ।
प्रधानमन्त्री प्रचण्डले निर्भिकतापूर्वक र निष्पक्ष ढंगले प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडी बढाइरहेको जानकारी दिदै दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्नेगरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले प्रहरीले विधि, विधान, नियम र पद्धती अनुसार काम गरिरहेको बताउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषि देखिएकाहरुलाई प्रहरीले नछाड्ने बताए । नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।
