टोपबहादुर रायमाझीलाई निलम्बन

टोपबहादुर रायमाझीलाई निलम्बन

काठमाडौं । एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बित भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई पदबाट निलम्बन गरेको हो ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले बताए ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् ।

उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । मंगलबार बसेको एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.