काठमाडौँ । कोरोनाभाइरसको महामारी विरुद्ध सार्क राष्ट्रहरुले आज नयाँ सन्देश दिन लागेका छन् । कोरोनाभाइरसविरुद्ध लड्न साझा रणनीति तयार गर्न साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो सम्मेलन हुने भएको छ ।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि सार्क राष्ट्रले एक भएर सहकार्य गर्ने रणनीति तयार गर्न लागेका हुन् । सार्कको अध्यक्षता अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
विश्वभर फैलिरहेको कोरोना संक्रमणको तथ्याङ्क हेर्दा सार्क राष्ट्रका भारतमा १००, पाकिस्तानमा ३३, अफगानिस्तानमा ११, श्रीलङ्कमा १०, माल्दिभ्समा १०, बंगलादेमा ५, नेपाल र भुटानमा १–१ जना कोरोनाभाइरसको संक्रमित फेला परेका छन् ।
