काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल पुगेका छन् । मिर्गौला प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि उनी अस्पतालमा पुगेका हुन् ।
स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने बताईएको छ । गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई अस्पताल बसाइको नौ दिन पछि शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
भेटघाट तथा छलफल बैठकहरुमा केही दिन नजान चिकित्सकले सुझाव दिए पनि प्रधानमन्त्री ओली आइतवार साँझ कोरोना विरुद्ध सहकार्य गर्न सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा सहभागी हुँदैछन् ।
