भर्खरै : Sorry, your browser does not support inline SVG.
फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु |

नवनियुक्त मन्त्रीलाई प्रधानमन्त्री देउवाको कडा निर्देशन

नवनियुक्त मन्त्रीलाई प्रधानमन्त्री देउवाको कडा निर्देशन

काठमाडौं । जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता अनुसार उत्साह र ईमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन ।

बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्विकृत गर्ने र मन्त्रीपरिषद्का समितिहरुलाई पुनर्गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रधानमन्त्री देउवाले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गर्नु भएको नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.