भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

बजार अनुगमन तीव्र बनाइँदै

बजार अनुगमन तीव्र बनाइँदै

कर्णाली, । जिल्ला जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारको अनुगमन थालेको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकतृ पदमलाल लामिछानेको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय तह, प्रहरी तथा राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिको संयुक्त टोलीले यहाँका भेरीगङ्गा, गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका बजारमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा टोलीले रु ३५ हजार बराबरको अखाद्य वस्तु बरामद गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले जानकारी दिए । उहाँले भन्नुभयो, “अनुगमनका क्रममा पाँच दिनअघि प्रशासनले वीरेन्द्रनगर नपा–६ सुर्खेत शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समाथि छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरी नष्ट गरिएको छ ।” गत भदौ १९ गते कर छली गरेको भन्दै उक्त सप्लायर्स आन्तरिक राजस्व कार्यालयले पनि छापा हानेर ४०९ प्याकेट अवैध सुर्तीजन्य पदार्थ बरामद गरी सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

त्यसैगरी प्रशासनको अगुवाइमा सुर्खेतका पूर्वी क्षेत्रमा अवस्थित सिम्ता गाउँपालिकाको राकम, जामुने तथा गुर्भाकोट नगरपालिकाको बोटेचौर, मेहलकुना र भेरीगङ्गा नगरपालिकाको छिन्चु बजार क्षेत्रमा पनि प्रशासनले अनुगमन गरेको छ । अनुगमनका क्रममा खाद्य, किराना तथा विभिन्न उपभोग्य साम्रगी बिक्री वितरण गर्ने २५ पसलबाट म्याद नाघेका वस्तु बरामद गरिएको सूचना अधिकारी रानाले बताउनुभयो । त्यसमा खाद्य मिति सकिएका खाद्य वस्तु मिन्टु मसला, दालमोट नरिवल लड्डु, केक, क्रिप्स चिप्स, नागिन, दाल, सुजी, काजु केक, चिउरा, केबी हिरो मिठाइ, क्रिम मिल्क र हरियो मटर गरी ३०७ पोका तथा कोल्ड ड्रिङ्स पाँच दर्जन बरामद गरिएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार बरामद गरिएका अखाद्य वस्तु सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा अनुगमन टोलीले जलाएर नष्ट गरेको छ । अनुगमनकै क्रममा भेरीगङ्गा नगरपालिकाको छिन्चु बजारमा रहेको बराल इन्टरप्राइजेज र स्याङ्जा खाद्य पसलको गोदामबाट केही खाद्य वस्तुको नमूना सङ्कलन कार्य गरिएको थियो । दसैँ तथा तिहारमा नागरिकको खाद्य अधिकारलाई सुरक्षित गर्न तथा बजारलाई व्यवस्थित बनाउन अनुगमनकारी कार्यलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

सबैले देख्ने गरी कानुनबमोजिमको भाडादर बसपार्क क्षेत्र, काउण्टर र प्रतिक्षालयमा टाँस्न, कोभिड–१९ अन्तर्गत स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न, क्षमताअनुसार यात्रु चढाउन, गाडीको अवस्था बुझेर मात्र सञ्चालन गर्न, यात्रुको भीडभाड हुने मुख्य–मुख्य बसपार्कमा यात्रु सहायता कक्षा राख्नेलगायतका निर्देशन यातायात व्यवसायीलाई दिइएको उहाँले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.