भर्खरै : Sorry, your browser does not support inline SVG.

भारतबाट घर फर्किनेको नाकामा घुइँचो

भारतबाट घर फर्किनेको नाकामा घुइँचो

दोधारा चाँदनी । विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो ।

एक सातायता कञ्चनपुरको गड्डाचौकी नाकाबाट दश हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार एक दिनमा मात्रै एक हजारभन्दा बढी नागरिक भारतबाट नेपाल फर्किंरहेका छन् ।

नाकामा भारतबाट आउने नेपालीको भीड लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामसिंह चौधरीले बताए । घर फर्किनेको चाप बढेपछि प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा तालीम प्राप्त कुकुर परिचालन गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीस्थित कुकुर शाखाबाट ‘लिली’ नामको कुकुरसहितको सुरक्षा टोली परिचालन गरिएको छ । लिलीले नियमित रुपमा नाकामा जाँच गर्ने जनाएको छ । भारतबाट फर्किनेहरुको नाकामा कोरोना परीक्षण र खोप लगाउने डंङ्गु, मलेरिया जाँच भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.