भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नागरिकता विधेयक संविधान प्रतिकूल

नागरिकता विधेयक संविधान प्रतिकूल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता विधेयक नेपालको संविधान प्रतिकूल भएको सर्वोच्च अदालत बार एशोसिएसनले जनाएको छ ।

बार एशोसियसनका सचिव श्यामकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिको उक्त कदम संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको भन्दै अदालतले थप निरुपण गर्ने उल्लेख गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टा अघि राष्ट्रपति पौडेलले अघिल्लो संसदमा बहुमतले पारित भएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा राष्ट्रपति कार्यालय पुगेको विद्येयक ८ महिना पछि प्रमाणिकरण गरेका थिए ।

संघीय संसदका सभामुखले पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गर्ने नियम भए पनि मन्त्रिपरिषद्को सिफारिसमा पठाइएको विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे पछि विवाद भएको थियो ।

विधेयक प्रमाणीकरण भएपछि सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले सो विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.