काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी अन्तर पार्टी निर्देशनमा नेताहरुको जिम्मेवारी तोकिएको छ । केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी तोकिएको छ ।
उपाध्यक्षहरूले पार्टीका ३३ विभागको समन्वय गर्नुपर्ने भनिएको अपानिमा ६ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ ।
एमालेले सहइन्चार्जको व्यवस्था हटाएको छ । दुई महिने मिसन ग्रासरुट अभियान सकेको एमालेले २०८१ जेठसम्म सञ्चालन हुने अर्को अभियानका लागि जिम्मेवारी हेरफेर गरेको हो ।
हेर्नुहाेस् कार्यविभाजन…
Loading...
