भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नारायणहिटीकाे विषयलाई लिएर प्रधानमन्त्री देउवाले दिए पर्यटनमन्त्री आलेलाई बधाई

नारायणहिटीकाे विषयलाई लिएर प्रधानमन्त्री देउवाले दिए पर्यटनमन्त्री आलेलाई बधाई

काठमाडौं । नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट चलाउने निर्णय रोकेर राम्रो काम गरेको भन्दैप्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आलेलाई बधाई दिएका छन् ।

नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा आलेले रोक लगाएपछि देउवाले आलेको प्रशंसा समेत गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारले संग्रहालयभित्र बतास अर्गनाइजेसनको बिपिएस लिजिङ एन्ड अर्गनाइजेसनलाई रेस्टुरेन्ट चलाउन दिने निर्णय गरेको थियो ।

दरबार संग्रहालयलाई व्यापारमा लगाउन लागिएको भन्दै चौतर्फी विरोध भएपछि सोमबार पर्यटनमन्त्री आलेले त्यससम्बन्धी निर्णय कार्यान्वयन गर्न रोक्न लगाएका थिए ।

ओली सरकारले नारायणहिटीभित्र क्याफ्टेरिया चलाउन दिने प्रक्रिया सेटिङका आधारमा गरेको पर्यटन मन्त्रालयले बताएको छ ।

बतास अर्गनाइजेसनअन्तर्गतका बिपिएस लिजिङ तथा म्यानेजमेन्ट प्रालि, होटेल आनन्द प्रालि र बतास एसोसिएट्स मात्र प्राविधिक रूपमा टेन्डरमा योग्य हुने गरी टेन्डरसम्बन्धी कागजपत्र बनाइएको स्रोतको दावी छ ।

तीन कम्पनीमध्ये धेरै भाडा कबोल गर्ने बिपिएसले गत वर्ष पुसमा ठेक्का पाएको थियो । भारतले बनाइदिएको पशुपतिको धर्मशाला पनि होटेल चलाउन बतासलाई लिजमा दिइएको थियो ।

व्यापारिक घराना बतास अर्गनाइजेसनले पहुँचका आधारमा विभिन्न सरकारी सम्पत्ति लिजमा लिएर व्यापार गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.