भर्खरै : Sorry, your browser does not support inline SVG.

निजी सवारीसहित यी क्षेत्र खुला गर्ने सरकारको निर्णय (भिडियाे सहित)

निजी सवारीसहित यी क्षेत्र खुला गर्ने सरकारको निर्णय (भिडियाे सहित)

२९ जेठ २०७७ काठमाडाैं । सरकारले लकडाउन खुकुलो बनाउँदै सरकारी कार्यालय र निजी सवारीसाधनसहित २१ प्रकारका क्षेत्र खुलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यी क्षेत्र खुलाउने निर्णय भएको जानकारी दिए ।

निजी क्लिनिकसहित स्वास्थ्यसँग जोडिएका सबै क्षेत्र, कृषि तथा पशुपक्षी व्यवसायको उत्पादन र बिक्री–वितरण, सपिङ मलबाहेकका उद्योग, व्यापार, डिपार्टमेन्ट स्टोर, पसलहरू छन् । सबै प्रकारका ढुवानी सेवा, भिडभाड नगरी व्यक्तिहरूको पैदल आवागमन, एकजना मात्र सवार हुन पाउने गरी साइकल र मोटरसाइकल, उपत्यकाभित्र र अन्य जिल्लाहरूमा जिल्लाभित्र आवातजावत गर्न पाउने गरी जोर–बिजोर प्रणालीका आधारमा सवारीचालकबाहेक दुईजना यात्रुहरू राखेर निजी सवारी सञ्चालन गर्न पाइनेछ ।

फोहोरमैला व्यवस्थापनसँग जोडिएको काम र क्षेत्र, विद्युत्, दमकल, हुलाक सेवा, बैंक, सहकारी तथा वित्तीय संस्थाहरू, नर्सरी तथा वनजन्य उद्योग, निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनासहित विकास आयोजनाहरू रहेका छन् । जलविद्युत् र पूर्वाधार विकासका सबै आयोजनाहरू सञ्चालन गर्न पाइनेछ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/2556947167904216/

रेस्टुरेन्टको प्याकिङ सेवा, क्वारेन्टाइनका लागि तोकिएका होटेल र उनीहरूले सञ्चालन गर्ने यातायातका सवारीसाधन छन् । सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालयहरू, गैरसरकारी संस्थाका कार्यालयहरूमा भौतिक दूरी कायम हुने गरी तथा भिडभाड नहुने गरी दुई सिफ्टमा सञ्चालन गर्ने सरकारको निर्णय छ । १ असारबाट लागू हुनेगरी ती कार्यालयहरू बिहान ८ देखि १ बजेसम्म पहिलो सिफ्ट तथा १ देखि ६ बजेसम्म दोस्रो सिफट्मा सञ्चालन हुनेछन् ।

निजी सेवा प्रदायक कार्यालय, उद्योगहरूले स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार सिटको लहरमा एक सिटमा एकजना राखेर सवारीसाधनलाई निसंक्रमित बनाएर सञ्चालन गर्न सक्नेछन् । संक्रमण जोखिमको अवस्था र परिस्थितिको मूल्यांकन गरेर सरकारले अहिले जारी आदेशअनुसारको निर्णयमा सरकारले हेरफेर गर्न सक्ने उनको भनाइ छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.