भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

निर्देशनलाई अवज्ञा गरेपछि ३३ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज

निर्देशनलाई अवज्ञा गरेपछि ३३ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज

काठमाडौँ । पटक पटक नवीकरण गर्न दिएको निर्देशनलाई अवज्ञा गरेपछि सरकारले ३३ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचना प्रकाशित गर्दै निर्माण व्यवसाय ऐन, २०५५ को दफा ७ को उपदफा ३ बमोजिम नवीकरण नगर्ने कम्पनीको स्वतः इजाजत पत्र खारेज गरिएको जनाएको छ ।

चैत मसान्तसम्म इजाजत पत्र नवीकरण गर्न मन्त्रालयले निर्देशन दिएको थियो । खारेज गरिएका निर्माण कम्पनीहरूमा ‘क’ र ‘ख’ वर्गका एक-एक वटा र बाँकी ३१ वटा ‘ग’ वर्गका छन् । काठमाडौँ महानगरपालिका–२४ का दीपक कुमार श्रेष्ठ र दिवस श्रेष्ठ प्रोप्राइटर(सञ्चालक रहेको पृथ्वी नेपाल कन्स्ट्रक्सन कम्पनी प्रालि ‘क’ वर्गको निर्माण कम्पनी हो ।

त्यस्तै चाल्नाखेलका राधाकृष्ण कार्की सञ्चालक रहेको टौदह कन्स्ट्रक्सन ‘ख’ वर्गको निर्माण कम्पनीको पनि इजाजत पत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ। ‘ग’ वर्गका कम्पनीहरू क्रमशः झलक कन्स्ट्रक्सन प्रालि, विजय निर्माण सेवा, शक्ति प्रभाव निर्माण सेवा, सि.एम देवान निर्माण सेवालगायत ३१ वटा कम्पनीको इजाजत पत्र खारेज गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.