भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

निषेधाज्ञा अवज्ञा गर्नेलाई कैद सजाए

निषेधाज्ञा अवज्ञा गर्नेलाई कैद सजाए

बुटवल । संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम रुपन्देहीमा निषेधाज्ञा अवज्ञा गर्ने ८ जनालाई कैद सजाए गरिएको छ । डिउटीमा रहेको प्रहरी टोलीलाई बाधा अबरोध पुर्‍याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गर्ने ८ जनालाई कारबाही गरिएको हो ।

निषेधाज्ञाको अवज्ञा गर्ने एक हजार २० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लियएका सवारी साधन मध्ये धेरै मोटरसाइकल रहेका छन । ७ सय १० मोटरसाइकल, सार्वजनिक सवारी साधन ५०, नीजि सवारी साधन १०, मालवाहक सवारी साधन १ सय ८० र साइकल ७० वटा रहेका छन । त्यस्तै २ सय जना पैदलयात्रीलाई समेत होल्ड गरी सम्झाई बुझाइ छाडिएको छ ।

कारबाही गरिएका ८ जनामध्य ७ जना पुरुषहरूलाई एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही रु ९ हजार १ सय र १ जना महिलालाई जरिवाना बापत रु ६ सय जरिवाना तोकिएको थियो । ती मध्ये ५ जनाहरूलाई कैद र जरिवाना वापतको रकम दाखिला गराई छाडिएको र अन्य ३ जना कारागार चलान भएका छन् । एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप को रकम तिर्न नसकेपछि कारागार चलान भएको प्रहरीले जनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.