निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः प्रधानमन्त्री

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः प्रधानमन्त्री

काठमाडौं । आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वास व्यक्त गरेका छन् ।

समयमै निवाचन सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ । काभ्रेको तेमाल गाउँपालिकामा प्रशासकीय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

देउवाले भने, ‘देश अहिले स्थानीय निर्वाचनको संघारमा छ, निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनु आवश्यक छ ।’

जनसवालका काम मात्र गरेर नहुने भएकाले जनप्रतिनिधिले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता सुनिश्चित गर्नसमेत आवश्यक रहेको बताए।

तीन तहको सङ्घीय शासनप्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको प्रधानमन्त्री देउवाले बताए ।

नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले जनताले यस सरकारसँग अपेक्षा राख्नु स्वाभाविक भएको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.