काठमाडौं । कहिले प्रचण्ड गुट त कहिले केपी गुट भनेर सत्ता सतहको खेलमा नेकपा रुमलिरहेको छ । देशमा कोरोना भाइरसका कारण नागरिक रोग ले भन्दा भोकले मर्न थाल्यौं भन्दै नेपालको वास्तविक चरित्र भारतमा देखाई रहेका छन् भने यता सरकार आफन्तलाई नियुक्ति देखि कमिशनमा लागिरहेको आभास जनतालाई दिईरहेको छ ।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस पनि आफ्नो भागमा पनि बिलो लगाउन मगन्तेनारायण बनिरहेको छ । आफ्नो भूमिका भूलेर जनतालाई कुहिरो भित्रको काग बनाउन काँग्रेस पनि लागि परेको छ । नेकपा भित्र असार १० गते स्थायी कमिटी बैठक सुरू गर्नुअघि खुमलटारमा गुटको भेला गररे बालुवाटार पुगेका दाहाल–नेपाल पक्षका नेताहरुको पोजिसन पनि यतिखेर सतहमा आउनै लाग्दा परिस्थिति बदलिएको छ ।
दाहाल गुट ओली कित्तामा उभिने लगभग पक्कापक्कि भैसकेको छ भने नेपालप पक्षका केही नेताहरु फरक मत राख्ने चुरीफुरीमा लागेपनि असफल हुने जस्तै खेलको काष्टिङ्ग सतहमा आएको छ । नेकपा कार्यदलले भदौ ६ गते अध्ययन प्रतिवेदन बुझाउनुअघि नेकपा कार्यदलका सदस्यबीच घनिभूत बहस चलाएर ‘एक व्यक्ति, एक पदको जिम्मेवारी लिने प्रावधान ल्यायो । तर त्यो कार्यान्वयन गर्ने विषयमा मत बाझिएको छ । शंकर पोखरेल फरक मतमा उभिएपछि यो विषयपनि ओझेलमा पर्ने देखिएको छ ।
प्रदेश ५ का मुख्यमन्त्री र पार्टीको प्रदेश इन्चार्ज भएकाले पोखरेल प्रतिवेदन तयार पार्न सहमत नभएको सोझै बुझ्न सकिन्छ । तर गत १८ गतेको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा विधानको धारा ४६ (ख) को व्यवस्थाअनुसार एक व्यक्ति एक जिम्मेवारी भन्ने प्रतिवेदन कडाईपूर्वक लिनु पर्ने नेपाल पक्षको माग भने नसमेटिने देखिएको छ ।
शुक्रबारदेखि सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा पेस गर्न भनेर अध्यक्षद्वयले तयार पारेको प्रस्तावमा समेत नेपालले उठाएका थुप्रै विषयलाई सम्बोधन नगरिएकाले नेपाल आफ्ना पक्षधर नेताहरूलाई फरक मतमा उभ्याउने पक्षमा छन् । लामो रस्साकसी, वादविवाद र आरोप–प्रत्यारोपबीच गुर्जिरहेको नेकपा नेतृत्व माधव पक्षमा देखिएको छैन ।
प्रधानमन्त्री ओली सुरुदेखि नै सकारात्मक छैनन् भने अहिले प्रचण्ड पनि नेपाल पक्षलाई धोखा दिने पक्षमा देखिएको छ । यदि प्रचण्ड पक्ष नेपाल पक्षलाई पाखा लगाउने पक्षमा नै रहिरयो भने नेकपामा नेता नेपालको तरंग फरक ढंगले अघि बढ्ने छ । यसो हुँदा प्रचण्डपक्षीय नेताहरूले विधिवत् रूपमै आफ्नो क्याम्प ओलीमा रुपान्त्रण गर्नेछन् भने नेपाल पक्षीय नेताहरू एक्लिने निश्चित छ । यसले नेपाल पक्षको कित्ता परक पर्ने छ ।
