भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

नेकपाका कैलाली जनसरकार प्रमुखसहित ६ जना पक्राउ

नेकपाका कैलाली जनसरकार प्रमुखसहित ६ जना पक्राउ

१४ असार २०७७ कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता–कार्यकर्तालाई धनगढीबाट प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– १२, जुगेडा क्षेत्रबाट उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

बैठक बसिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले बताए ।
पार्टीका कैलाली जिल्ला जनसरकार प्रमुख दलबहादुर विक, धनगढी नगर इन्चार्ज प्रकाश रावल, सदस्यहरू डम्बर सुनार, लक्की शाह, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह र जिल्ला अध्यक्ष सुवास जोशी पक्राउ परेको जबराले बताए ।

नेकपाले भने विनासर्त रिहा गर्न अनुरोध गरेको छ । शान्तिपूर्ण बसिरहेका बेला धरपकड गर्नु सरकारको निकम्मापन भएको सो पार्टीले जिकिर गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.