भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नेकपाका कैलाली जनसरकार प्रमुखसहित ६ जना पक्राउ

नेकपाका कैलाली जनसरकार प्रमुखसहित ६ जना पक्राउ

१४ असार २०७७ कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता–कार्यकर्तालाई धनगढीबाट प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– १२, जुगेडा क्षेत्रबाट उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

बैठक बसिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले बताए ।
पार्टीका कैलाली जिल्ला जनसरकार प्रमुख दलबहादुर विक, धनगढी नगर इन्चार्ज प्रकाश रावल, सदस्यहरू डम्बर सुनार, लक्की शाह, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह र जिल्ला अध्यक्ष सुवास जोशी पक्राउ परेको जबराले बताए ।

नेकपाले भने विनासर्त रिहा गर्न अनुरोध गरेको छ । शान्तिपूर्ण बसिरहेका बेला धरपकड गर्नु सरकारको निकम्मापन भएको सो पार्टीले जिकिर गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.