काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीबीच शनिबार भेटवार्ता भएको हो । एक घण्टा भएको भेटवार्तामा राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको बताइएको छ । पछिल्लने समय नेकपाभित्र जारी संकट समाधानका लागि दुवै पक्ष आ–आफ्नो रणनीतिमा लागेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको जानकारहरुले बताएका छन् ।
पार्टी अध्यक्षसमेत रहेका ओलीविरूद्ध अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनका नाममा अभियोग पत्र नै पेस गरेको भन्दै प्रधानमन्त्री केपी ओली रुष्ट बनेको स्रोतले जनाएको छ । ओली निकट नेताहरूले राजनीतिक प्रतिवेदन नै मान्न नहुने बताउँदै छलफल गर्न नहुने बताइरहेका छन् । दुबै पक्षले आ–आफ्नै खेमामा घनीभूत छलफल गरिहरका छन् ।
