भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नेपाल च्याम्पियनलाई हराउँंदै चेस प्रतियोगितामा सुव्वा विजयी

नेपाल च्याम्पियनलाई हराउँंदै चेस प्रतियोगितामा सुव्वा विजयी

भक्तपुर । मध्यपुरथिमी नगरपालिकामा भएको राष्ट्रव्यापी खुला रेपिड चेस प्रतियोगितामा तीन पटक नेपाल च्याम्पियन बनेका वद्रीलाल नेपालीलाई हराउँंदै ताप्लेजुङ्गका हरि सुव्वा विजयी भएका छन् । आठ अंकका साथ हरि विजयी भएका हुन ।

नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर थिमि नगर समितिको आयोजनामा भएको प्रतियोगितामा सुव्वा विजयी भएसंगै चर्चा चल्न थालेको छ । प्रतियोगितामा देशभरबाट १७५ जना चेस खेलाडीको सहभागिता रहेको थियो ।

यस प्रतियोगितामा अन्तराष्ट्रिय च्याम्पियनको पनि सहभागिता रहेको थियो । विजयी खेलाडीलाई मेडल तथा प्रमाण पत्र र नगदसहित नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा नेक्रायुसंघका मिनबहादुर बाटा, नेमकिपाका रमेश वैद्य, चिफ आर्विटर राजकुमार लघु, नेपाल चेस संघका अन्तराष्ट्रिय आर्विटर निरञ्जन प्रजापति, एक्टिभ इ स्कुलका निर्देशक आशाहरी प्रजापति, मध्यपुर चेस एसोशियसनका उपाध्यक्ष श्याम गोजालगायतको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.