भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

नेपाल जितविहीन

नेपाल जितविहीन

काठमाण्डौ । साफ च्याम्पियनसिप फुटबलमा नेपाल जितविहीन बनेको छ । १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल जितविहीन बनेको हो । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो । बङ्ग्लादेशले ३ खेलमा ६ अङ्क जोडेको छ ।

भारतको जमसेदपुरमा भएको चौथो खेलमा नेपाल बङ्ग्लादेशसँग २–१ गोलले पराजित भयो । नेपाल जितविहीन बन्दै बाहिरिएको छ । उपाधिका लागि भारत र बङ्ग्लादेश खेल्ने भएका छन् । बङ्ग्लादेशका शाहदा अक्तर रिपा र शामसुन्नाहरले एकरएक गोल गरिन् । अमिशा कार्कीले खेलको चौथो मिनेटमै गोल गरी अग्रता बनाएको खेलमा नेपालले अग्रता जोगाउन सकेन।

 


Thali Mobile Pvt.Ltd.