भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘नेपाल परिवार नियोजन सङ्घलाई सहयोग गछौँ’

‘नेपाल परिवार नियोजन सङ्घलाई सहयोग गछौँ’

देउखुरी, । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घ दक्षिण एसिया निर्देशक सोनाम मेहताले नेपाल परिवार नियोजन सङ्घलाई सक्दो सहयोग गर्ने बताए । नेपाल परिवार नियोजन सङ्घको ४१औँ केन्द्रीय सभाको मङ्गलबार दाङमा उद्घाटन गर्दै उनले लामो समयदेखि नेपालमा स्वतन्त्र र सेवामूलक संस्थाका रुपमा पहिचान बनाएको नेपाल परिवार नियोजन सङ्घको दिगोपनका लागि यहाँकै स्रोत साधन प्रयोग गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।

प्रजनन स्वास्थ्यको सवालमा महिलासँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सङ्घले मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्न अहम भूमिका निर्वाह गरेको उनले बताए । सङ्घको कामको प्रशंसा गर्दै मेहताले आर्थिक सहयोगमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अन्तर्राष्ट्रिय परिवार नियोजन सङ्घले तीन–तीन वर्षको योजना बनाएर नेपालमा पनि लगानी गर्दै आएको उल्लेख गर्दै उनले यसको निरन्तरताका लागि आफ्नो तर्फबाट थप पहल हुने जानकारी दिए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य एवं मुख्य सचेतक अनिता देवकोटाले सङ्घले महिलाको प्रजनन स्वास्थ्यको क्षेत्रमा सेवामूलक काम गर्दै अगाडि बढेकाले मातृ मृत्युदरमा कमी आएको बताए। सबैलाई आफ्नो सङ्घ हो भन्ने गरी काम गर्न उनले आग्रह गरे। सो अवसरमा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, संविधानसभाका पूर्वसदस्य राजु खनाल, दाङका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, सङ्घका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजू, सचिव माया पोखरेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाहीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.