भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा

नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा

दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ यहाँ जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले फाइनलको यात्रा सुरक्षित गरेको हो । खेलको ५९ औँ मिनेटमा पुलिसका लागि निरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उहाँको यही गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै पुलिस क्लबले शुक्रबार उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार भएको खेलको म्यान अफ दि म्याच पुलिसका खेलाडी निरकुमार घोषित हुनुभयो । उहाँले रु दश हजार प्राप्त गर्नुभयो । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले रु १३ लाख ११ हजार तथा उपविजेताले रु छ लाख ११ हजार नगदसहित ट्रफी र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिनुभयो । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही रु २१ हजार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.