भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

नेपालमा किन आवश्यक एमडीएमएस प्रणाली ? कसरी दर्ता गर्ने ?

नेपालमा किन आवश्यक एमडीएमएस प्रणाली ? कसरी दर्ता गर्ने ?

काठमाण्डौ । सोमबारदेखि पूर्णरुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएको छ । व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइ भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने र नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न एमडीएमएस पूर्ण रुपमा लागू गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

नेपालभित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए र नभएको यकिन गरी मात्र खरिद गर्न पनि समेत प्राधिकरणले अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा ६ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरिएको छ । अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशिएका नेपालीले एक थान मात्रै फोन ल्याउन पाउने व्यवस्था गरिएको छ ।

के हो एमडीएमएस भनेको ?

एमडीएमएस भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो । यसले अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सक्ने छ ।

कसरी दर्ता हुन्छ ?

कुनै पनि मानिसले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले राहदानी र नागरिकता वा बोर्डिङ पास कागजात प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.