नेपालमा संक्रमितको संख्या १५७८४ पुग्यो, ढलकाे पानीमा भाइरस देखिदैमा नआतिन आग्रह

नेपालमा संक्रमितको संख्या १५७८४ पुग्यो, ढलकाे पानीमा भाइरस देखिदैमा नआतिन आग्रह

२१ असार २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । थपिएका २९३ सहित नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या ६५४७ पुगेको छ । कुल संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ ।

हेर्नुहाेस भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/3093271620767197/

उपत्यकामा थप ३० जनामा कोरोना
काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन् । हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमित देखिएका छन् ।

उपत्यकामा कहाँ कहाँ कोरोना संक्रमित थपिएका हुन् भन्ने विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन । यसैबीच ढलकाे पानीमा काेराेना भाइरस देखिदैमा नआतिन आग्रह स्वास्थ्य मन्त्रालयले गरेकाे छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.