काठमाण्डौ । पहिलो पटक नेपाली महिलाले संसारको सातौं अग्लो आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन । काठमाण्डौको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन ।
सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले शुक्रबार बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेको उल्लेख छ । श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरेरनगरेको पुष्टि हुन बाँकी रहेको जनाइएको छ ।
पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गएको वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकाे थियो। धवलागिरि हिमालमा नेपाली महिलाले पहिलो पटक आरोहण गरेका हुन्हुन । धाैवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन।

