भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकारले पहल थाल्ने

नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकारले पहल थाल्ने

काठमाण्डौ । नेपाल सरकारले भारतमा रहेका नेपाली विद्यार्थीका लागि आवश्यक कूटनीतिक पहल गर्ने भएको छ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकारले पहल थाल्ने भएको हो ।

विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा मृत फेला परेपछि सिर्जित समस्यामा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका थिए । नेपाल सरकारको पहलपछि कलेज प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई कलेज फर्किन आह्वान गरिसकेको छ ।

साथै घटनाको छानबिन गर्न ओडिसा राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा पछिल्लो अवस्थालाई निगरानी गर्दै नेपाली विद्यार्थीको सुरक्षा ग्यारेन्टीका लागि कूटनीतिक पहल बढाउनेबारे छलफल गरेको हो ।

मृतक छात्रा प्रकृति लम्साललाई कलेजमा अध्ययनरत एक विद्यार्थीले यसअघि पटक पटक दुव्र्यवहार गरेको विद्यार्थीले बताउँदै आएका छन् । आइतवार बेलुका उनी होस्टेलमा मृत भेटिएपछि अनुसन्धान र न्यायको माग गर्दा विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीमाथि दमन गरेको थियो ।

विश्वविद्यालयले माफी मागेपछि विश्वविद्यालय प्रशासन र नेपाली विद्यार्थीबीच उत्पन्न तनावको अवस्था सामान्य बन्दै गएको छ । नेपाली विद्यार्थी कलेज फर्किन थालेका छन् ।

शिक्षा मन्त्रालयले केआईआईटी विश्वविद्यालयमा भएको घटना र समस्याको न्यायपूर्ण समाधान नगरिए वैदेशिक अध्ययन अनुमतिपत्र ९एनओसी० रोक्ने सम्मको चेतावनी दिएको छ ।

ओडिसाको घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण गर्न सहायता कक्ष बनाइएको शिक्षा मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.