भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नौटङ्की माया’ लोकार्पण

नौटङ्की माया’ लोकार्पण

मोरङ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले केशव रिमालद्वारा लिखित ‘नौटङ्की माया’ कथा सङग्रहको बिहीबर इटहरीमा लोकार्पण गर्नुभयो । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशनमा ल्याएको कथाकार रिमालको यो पहिलो कथा सङ्ग्रह हो । विभिन्न नौ शीर्षकमा रहेका कथाहरु समावेश भएको कथा सङ्ग्रहका सम्बन्धमा आरसी थपलिया, हिमराज अधिकारी, यजुर्वेदानन्दप्रसाद भट्टराईलगायतले चर्चा गर्नु भएको छ । सो अवसरमा प्रदेश प्रमुख अधिकारीले साहित्य मानव जीवनको सबैभन्दा सुन्दर पक्ष हो भन्दै साहित्यिक कृति लोकोपकारको पक्षमा हुनुपर्ने बताउनुभयो ।

उहाँले साहित्य देश, समाज, धर्म, परम्परा, रीतिरिवाज, मनोविज्ञानसँग जोडिने भएकाले यो हामीभन्दा टाढा रहन नसक्ने र यस किसिमका साहित्यिक कृति समाज परिवर्तनतर्फ मुखरित हुनुपर्ने बताउनुभयो । कथा सङ्ग्रहमा सामाजिक, राजनीतिक र माया प्रेमका विषयलाई समेटिएको छ । डियर कल्याण साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विनोद विवश घिमिरे तथा प्रदेशसभा सदस्य सर्वध्वज साँवालगायतले साहित्यले समाजलाई नैतिक बनाउन ठूलो भूमिका खेल्ने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.