भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

‘पत्रकारितालाई मर्यादित बनाउनुपर्छ’

‘पत्रकारितालाई मर्यादित बनाउनुपर्छ’

काठमाडौँ । सञ्चार क्षेत्रका विज्ञहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रेस काउन्सिल नेपालले  आज आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका’ विषयक अन्तक्र्रियाका वक्ताले पत्रकारिता क्षेत्रलाई मर्यादित र थप जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । उहाँहरूले काउन्सिललाई थप बलियो र स्वायत्त बनाउनुपर्ने सुझावसमेत दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले प्रेस स्वतन्त्रताको सुनिश्चितता कानूनले गर्ने भएको बताउँदै कानून निर्माण प्रक्रियामा नै काउन्सिल सचेत हुनुपर्ने बताए । महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले काउन्सिलको कार्यक्षेत्र आचारसंहिता अनुगमन भएको र सोही विषयमा काउन्सिल केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालको नियमन गर्दा काउन्सिलले थप अध्ययन गर्नुपर्ने बताए । छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले व्यक्तिगत सञ्चार र जिम्मेवार सञ्चारबीचको भेद छुट्याउनुपर्ने बताए । उहाँले भन्नुभयो, “जो पनि पत्रकार हुने स्थितिले पत्रकारिता मर्यादित र विश्वसनीयता घटेको छ ।

पर्सनल मिडिया र रेस्पोन्सिवल मिडिया छुट्याउनुपर्छ”, पत्रकार तीर्थ कोइरालाले काउन्सिलले मिडिया उपभोक्ताको कुरा सुन्नुपर्ने, उनीहरूले सही सूचना पाए–नपाएको हेर्नुपर्ने बताए। कार्टुनका विषयमा आचारसंहिता आकर्षित नहुने भन्दै उहाँले काउन्सिल पत्रपत्रिका वर्गीकरणको कामबाट अलग्गिनुपर्ने धारणा राख्नुभयो । महासङ्घका पूर्वमहासचिव उजिर मगरले प्रदेश सरकारले नयाँ नीति ल्याएर नियमनकारी निकाय गठन गरेकाले काउन्सिलको भूमिकामा चुनौती थपिएको बताउनुभयो ।

पत्रकार बबिता बस्नेतले काउन्सिलको स्वायत्ततामा प्रश्नचिह्न उठेको भन्दै व्यक्तिको सामाजिक सञ्जालमाथिको निगरानीमा काउन्सिलले हात हाल्न नहुने बताए । सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले भावनात्मक विषय र व्यावसायिक आचारसंहितालाई नियम तथा कार्यविधिमा कसरी संरचनाभित्र ल्याउने भन्ने विषयमा छलफल आवश्यक रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.